काठमाडौं ,माघ २६ ।
राष्ट्रिय सभाको बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरिएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो।

सरकारले प्रस्तुत गरेको सामाजिक सञ्जाल विधेयकलाई लिएर विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै चासो व्यक्त गर्दै आएका थिए। त्यसपछि विधेयक पुनः समीक्षा र संशोधनका लागि फिर्ता लिने निर्णय गरिएको हो।
राष्ट्रिय सभाको निर्णयसँगै अब सामाजिक सञ्जालसम्बन्धी कानुनी व्यवस्था नयाँ ढंगले अघि बढाइने अपेक्षा गरिएको छ।