सुनसरी माघ २६ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एमाले सुनसरीका एक युवा नेता पक्राउ परेका छन् ।
पक्राउ पर्ने इनरुवा निवासी विप्लव घोष रहेको र उनी एमाले सुनसरीका युवा नेता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमार्फत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवारलाई लक्षित गरी भ्रामक भिडियो पोस्ट गरेका थिए ।
